२६ बैशाख २०८१, बुधबार
Follow Us

चरासँग ठोक्कियो हेलिकप्टर

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७७, आईतवार १२:०३

काठमडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किए वनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ । चरासँग ठोक्किएपछि चालकले हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेपनि । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् भने एक जनाको घुँडामा सामान्य चोट लागेको छ । हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । यात्रुहरूलाई कैलाश एयरकै अर्को हेलिकप्टर लिन पुगेको छ ।