१५ चैत्र २०८०, बिहीबार
Follow Us

सेयर बजारमा नयाँ रेकर्ड, ९ अर्ब नाघ्यो कारोबार

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७७, आईतवार १२:०४

काठमाडौं । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ३।९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो ।दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

आइतबार नेप्से परिसूचक तथा कारोबार रकममा नयाँ रेकर्ड नै कायम भए पनि होटल व्यापारका लगानीकर्ताहरुले गुमाएका छन् भने बैंक, विकास बैंक, जीवन बिमा लगायतका लगानीकर्ताहरुले भने कमाएका छन् ।