१५ चैत्र २०८०, बिहीबार
Follow Us

१२५५ कोरोना संक्रमित थपिए, थप २५ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७७, आईतवार १२:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार २५९ पुगेको छ ।