लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दलिय स्वार्थ पूर्ती गर्न सँस्थामा आउने माथि प्रतिवाद गरिने बताएका छन् ।
पन्तले गैरआवासीय नेपाली संघ बेल्जियमको २५ औं साधारणसभालाई आइतवार सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् । पन्तले आफ्ना भनाईहरु संस्थाभित्रै आएर राख्न आग्रह गरे ।
पन्तले २१ औं शताब्दि अनुकुलको एनआरएनए बनाउन प्रविधीको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै संघका महासचिव डा. हेम राज शर्माले संघले अघि सारेको रुपान्तरणको अजेण्डा अघि बढाउन संघको विषेश महाधिवेशन आव्हान गरिएको बताए ।
उनले संघको आगामी जनवरी तेस्रो साता हुने संघको विषेश महाधिवेशनको लागि तयार रहन आग्रह गरे ।
अध्यक्ष पन्त र महासचिव डा. शर्माको विशेष सम्वोधन
प्रतिक्रिया