१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आश्रमका लागि बालिकाहरुले प्रवचन गर्ने

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार १५:२४

चितवन । असहाय तथा सडक बालिकाहरुको संरक्षण गर्दै आएको रामजानकी बालिका आश्रम देवघाटले आश्रम संचालनका लागि श्रीमद देवी भागवत महाअनुष्ठान गर्ने भएको छ । लोककल्याण सेवा प्रतिष्ठान नेपालद्धारा संचालित सो आश्रमले बालिकाहरुको अध्ययन अध्यापनका साथै आश्रमलाई व्यवस्थित बनाउने उद्धेश्यले यहि पुस ११ गतेदेखी देवी भागवत लगाउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । भागवतके गलेश्वर आश्रमका पिठाधिश आत्मानन्द महाराजले समुद्धघाटन गर्ने बताइएको छ ।
विगत ५ वर्षदेखी संचालनमा रहेको आश्रममा हाल २४ जना बालिकाहरु आश्रित रहेका छन् । आश्रमकी कन्या माता उमा महेश्वरी टन्डनको प्रमुख वाचकत्वमा हुने सो देवी भागवतमा आश्रमका बालिकाहरुले समेत प्रवचन तथा भजन किर्तन गर्ने श्रीमद भागवत शक्ति साधना महा अनुष्ठान मुल समारोह समितिका संयोजक शान्त प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसैगरि, भागवत अनुष्ठानका लागि सम्पुर्ण तयारी पुरा भएको बताउंदै संयोजक पोखरेलले बालिकाहरु कै लागि उनीहरुले नै वाचन गर्ने यस यज्ञमा सबैको सहभागिताका लागि पनि आग्रह गर्नुभएको छ । पुस १९ गतेसम्म संचालन हुने सो देवी भागवत अनुष्ठानले महिलाले पनि भागवत वाचन, भजन किर्तन, व्यासाचार्य लगायत धार्मिक अनुष्ठानहरुको नेतृत्व लिन सक्छन् भन्ने सन्देश दिनका लागि पनि सो कार्यक्रम गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष सावित्रि टन्डनले बताउनुभयो ।
सो देवी भागवत अनुष्ठानका लागि करिब ५ लाख रुपैयां खर्च लाग्ने अनुमान गरिएको छ । भागवतबाट संकलन भएको रकमबाट बालिकाहरुको शिक्षा तथा आश्रमको भौतिक पुर्वाधार निर्माणका लागि खर्च गरिने प्रतिष्ठानका महासचिव रामेशवर खनालले बताउनुभयो । सो अवसरमा मुल समितिका सह संयोजक श्याम सुन्दर राज विष्ट, देवघाट संरक्षण प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पिया, देवघाट क्षेत्र विकास समितिका सदस्य विष्णु प्रसाद सापकोटा लगायतले आश्रमका बालिकाहरुले लगाउने भागवतले समाज रुपान्तरणमा टेवा पुग्ने बताउनुभयो । भरतपुर उपमहानगरपालिका २ मा रहेको गौरेश्वर मन्दिर परिसरमा सो भागवतको संचालन गरिन लागिएको हो ।