१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए बेल्जियमद्धारा संघको पुर्नरसंरचना सम्बन्धी प्रस्ताव अनुमोदन, निःशुल्क सदस्यता वितरण हुने

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार १७:१२

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको १५ औं साधारणसभाले संघको केन्द्रले अघि सारेको संस्थाको पुर्नरसंरचना सम्वन्धी प्रस्तावलाई कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
संघको आइतवार सम्पन्न सभाले संघले प्रस्तुत गरेको स्मार्ट एनआरएनए, अनलाइन मतदान, निःशुल्क सदस्यता लगायत एमआईएस सिस्टमको कार्यन्वयन गर्ने केन्द्रको निर्णय पछि कार्यन्वयनमा लैजाने निर्णय गरेको छ ।
यस्तै एनआरएनए आईसीसीको परिपत्र अनुसारका अनुशासन समिती, लेखा समिती र दक्ष जनशक्ति समितीलाई बिधानमा प्रवेश गराई कार्यान्वयन गराउने तथा केन्द्रीय बिधानसंग नबाझिने गरी आवश्यकता महसुस गरेका बिषयहरुलाई संसोधन गर्ने निर्णय गरेको अध्यक्ष चित्र सुवेदी र महासचिव तिर्थ धमलाद्धारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको १५ औं बार्षिक साधारण सभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी भर्चुयल माध्यमबाट सहभागीता जनाउनुहुने प्रमुख अथिती नेपाली दुतावास ब्रसेल्सका उपनियोग प्रमुख सुधीर भट्टराई ज्यू, बिशिष्ठ अथितीज्यूहरु एनआरएनए आईसीसी केन्द्रीय अध्यक्ष कुमार पन्तज्यू, केन्द्रीय उपाध्यक्ष डा. बद्री के सी ज्यू, केन्द्रीय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठज्यू, केन्द्रीय महिला उपाध्यक्ष रबिना थापाज्यू, केन्द्रीय महासचिब हेम राज शर्माज्यू, केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठ ज्यू, केन्द्रीय सह- कोषाध्यक्ष लोक प्रसाद दाहाल ज्यू, आईसीसी सल्लाहाकार कुल आचार्य ज्यू, केन्द्रीय मानार्थ परिषदका सदस्यज्यूहरु, युरोप संयोजक नारायण आचार्य ज्यू, एनआरएनए आईसीसी केन्द्रीय सदस्यज्यूहरु, एनआरएनए एनसीसी बेल्जियम संस्थापक अध्यक्ष तथा संरक्षक रबिन्द्र मान श्रेष्ठ ज्यू, एनसीसी बेल्जियमका पूर्व अध्यक्ष तथा संरक्षकज्यूहरु, एनसीसी बेल्जियमका पदाधिकारी ज्यूहरु, पूर्व पदाधिकारी ज्यूहरु एवं सदस्य साथीहरु, एनसीसी बेल्जियमका सल्लाहाकारज्यूहरु, बिभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, पत्रकार मित्रहरु, गैर आवासीय नेपाली संघका पंजीकृत सदस्यहरु तथा सहभागीता जनाउनुहुने सम्पुर्ण महानुभावहरु, सम्पुर्णमा कार्यसमिति २०१९-२१ को तर्फबाट हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्न चाहान्छौं।

बिश्वभरका उत्कृष्ठ मध्यमा पर्ने एनसीसी बेल्जियमको यस बर्तमान कार्यसमितीले निकै लोकप्रिय कार्यहरु शुरु गरेको जनाउंदै भविश्यमा पनि राम्रा कामहरु गर्न प्रेरित होस् भनी अथितिज्यूहरुका शुभकामनाका सन्देशहरुले अझ बढी काम गर्ने हौसला मिलेको महसुस गरेका छौं। आन्तरीक छलफल, सहमति सहकार्यबाट नै संस्थालाई अग्रगामी रुपान्तरण गर्न सकिन्छ भन्ने भनाईहरुलाई एनसीसी बेल्जियमले पनि अंगिकार गरेको जनाउदै हिजोको साधारण सभाले संस्थाका बार्षिक प्रतिबेदन हरु(युवा संयोजक, महिला संयोजक, आर्थिक, प्रगति) लाई केही संसोधन सहित पास गरेको जानकारी गराउंदछौं।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट प्रस्तूत गरिएको SMART NRNA अन्तर्गतका निशुल्क सदस्यता, निःशुल्क डेलिगेट्स ,अनलाईन मतदान तथा MIS SYSTEM लाई कार्यान्यवन गर्न हाल उठेका data protection सम्बन्धी बिषयलाई आम सहमति सहित सम्बोधन गर्नेगरी आईसीसीको आधिकारीक पत्र पश्चात तदारुकताका साथ कार्ययोजना सहित अगाडी बढ्ने समेत बार्षिक साधारण सभाले निर्णय गरेको छ ।
त्यसैगरी बिधान समितीका संयोजक ज्यूबाट प्रस्तुत एनआरएनए आईसीसीको परिपत्र अनुसारका अनुशासन समिती, लेखा समिती र दक्ष जनशक्ति समिती लाई बिधानमा प्रवेश गराई कार्यान्वयन गराउने तथा केन्द्रीय बिधानसंग नबाझिने गरी आवश्यकता महसुस गरेका बिषयहरुलाई संसोधन गर्ने निर्णय पनि हिजोको साधारण सभाले गरेको छ।

अध्यक्ष। महासचिब
चित्र सुवेदी तिर्थ धमला

तथा
गैर आवासीय नेपाली संघ बेल्जियम