८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए नेदरल्याण्डद्धारा माइती नेपाललाई आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार १७:३६

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) नेदरल्याण्डले माइती नेपाललाई १ लाख ५६ हजार बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । एनआरएनए नर्थ होल्याण्डकी क्षेत्रीय संयोजक सीता सापकोटाको पहलमा संकलीत १ लाख ५६ हजार ५५६ नेपाली रुपैयाँ माइती नेपालमा आयोजीत एक कार्यक्रमकाबीच माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई हस्तान्तरण गरिएको हो ।

एनआरएनए नेदरल्याण्डका अध्यक्ष श्रीराम कँडेलले कोइरालालाई सो सहयोग हस्तान्तण गर्नुभएको हो । सो अवसरमा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले कोभिड- १९ को कारण समस्यामा परेका चेलीबेटीको लागि सो सहयोग खर्च गरिने बताउँदै सहयोग गर्नुहुने नेदरल्याण्डबासी नेपाली तथा एनआरएनए कार्यसमिति परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

एनआरएनए नेदरल्याण्डका अध्यक्ष कँडेलले एनआरएनए एनसिसी नेदरल्याण्डले यसअघि पनि नेपालको सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई सहयोग उपलब्ध गराएको र विभिन्न सामाजीक कार्य गर्दै आएको बताउनुभयो । सो कार्यक्रममा एनआरएनए मिडिया कमिटी नेपालका संयोजक किरण बुढाथोकीको पनि सहभागिता थियो ।

एनआरएनए नर्थ होल्याण्डकी क्षेत्रीय संयोजक सापकोटाले आफूहरुले यसअघि पनि धेरै पटक यस्तै सामाजीक गतिविधीमा संलग्न हुँदै आएको बताउनुहुँदै सहयोग गर्न पाएको खुसी ब्यक्त गर्नुभयो ।