१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जापानमा नियम उल्लंघन गर्ने ७८ जना नेपाली विद्यार्थीको भिसा रद्द

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार १८:४९

स्कुलका अनुसार फुकुओका क्षेत्रीय अध्यागमन ब्यूरोको नाहा शाखाले ती विद्यार्थीहरुले ३ महिनाभित्र जापान छाड्नुपर्ने बताएको छ । यो स्कुलको १९८६ मा स्थापना भएपछि यसरी विद्यार्थीले बसोवास अनुमति गुमाएको पहिलो पटक भएको बताइएको छ । गत वर्षको जुलाइमा विद्यालयमा भर्ना भएका १४२ विद्यार्थीमध्ये ७८ जनाले अब बसोवास अनुमति नवीकरण गर्न पाउने छैनन् । ६ महिनाको लागि बसोवास बनुमति बढाउने सुविधा पनि उनीहरुले पाउने छैनन् किनकि उनीहरुले वैधानिक रुपमा काम गर्न पाउने समयभन्दा बढी काम गरेको पाइएको छ । जापानमा अध्ययनका लागि गएका विदेशी विद्यार्थीले पार्ट टाइममा हप्तामा २८ घण्टासम्म मात्र काम गर्न पाउँछन् ।