१३ बैशाख २०८१, बिहीबार
Follow Us

फुलहामसँग लेस्टर सिटी पराजित

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७७, मंगलवार ०४:१५

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई फुल्हमले २–१ ले हराएको छ । गएराति भएको खेलमा लेष्टरलाई उसैको मैदानमा पराजित गर्न फुल्हमका एडेमोला लुकम्यान र इभाँ काभालेइरोले एक एक गोल गरे ।

पराजित टोली लेष्टर सिटीका हार्भे बार्न्सले एक गोल फर्काए । हारपछि लेष्टर सिटीले प्रिमियर लिगको शिर्ष स्थानमा उक्लीने अवसर गुमाएको छ ।

१० खेलबाट १८ अंक जोडेको लेष्टर तालिकाको चौथो स्थानमा छ । शिर्ष स्थानको टोटनह्याम हट्सपर र दोस्रो स्थानको लिभरपुलको समान २१ अंक छ भने तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति वेष्ट ह्याम युनाईटेडले एस्टन भिल्लालाई २–१ ले हराएको छ । जितपछि १० खेलबाट १७ अंक जोडेको वेष्ट ह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।