७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७७, बुधबार १२:४१

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । दश दिन आइसोलेशनमा बसेपछि गरिएको कोरोना पसिरक्षणमा कोरोना भाइरस नदेखिएको उनले आफ्नो सामाजीक संजाल मार्फत जानकारी दिएका हुन् ।

उनले आफ्नो सुस्वास्थ्यका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू मैदान फर्केर टिमको लागि राम्रो खेल्न आतुर रहेको पनि उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको यही मंसिर ११ गतेदेखि त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंसिर ९ गते गराएको पिसिआर परिक्षणमा पनि सन्दीप उपस्थित थिएनन् । कोरोनामुक्त भएसंगै अब सन्दीप बन्द प्रशिक्षणमा समावेश हुने सम्भावना छ ।