१४ बैशाख २०८१, शुक्रबार
Follow Us

च्याम्पियन्स लिग खेलाउने स्टेफनी पहिलो महिला रेफ्री

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७७, बिहीबार ०५:०६

लन्डन । फ्रेन्च महिला रेफ्री स्टेफनी फ्रापर्ट पुरुषको च्याम्पियन्स लिग खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् । च्याम्पियन्स लिग अन्तर्गत उनले बुधबार राति इटालियन क्लब युभेन्ट्स र डाइनामो किभबीचको खेल लेखाएकी हुन ।

युभेन्ट्सको सो खेल तीन शुन्यले आफ्नो पक्षमा पारेको थियो । ३६ वर्षीया स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन ।

उनले सन् २०१९ मा लिभरपुल र चेल्सीबीचको सुपर कप र महिला विश्वकप फुटबलमा अमेरिका नेदरल्यान्ड्सबीचको फाइनल खेल समेत खेलाएकी थिइन । स्टेफनीले गतबर्षदेखि फ्रेन्च लिग वानमा पनि रेफ्रीको भूमिका निर्वाह गर्दै आएकी छिन ।