१५ चैत्र २०८०, बिहीबार
Follow Us

महिलालाई ‘कि’ पोष्टमा ठाउँ दिँदैनन : लक्ष्मी थापा खड्का

नेपालब्रिटेन डट कम्
२२ असार २०७३, बुधबार ११:४२

आउँदो शनिबार काठमाडौं जिल्ला बारले नयाँ नेतृत्व छनोट गर्दैछ । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले लक्ष्मी थापा खड्कालाई सहसचिव पदमा उम्मेदवार बनाएको छ । डिएलए बाहुल्य काठमाडौं बारमा एउटै समूहका दुई प्यानल चुनावी मैदानमा छन् । अन्तिम अवस्थामा डिएलएको एउटै समूह मात्र चुनावी मैदानमा हुने विश्वास सहसचिवका प्रत्यासी लक्ष्मीको छ । दुई दशकभन्दा बढी समय कानुन व्यवसाय क्षेत्रमा बिताएकी लक्ष्मीले बारको राजनीतिमा आउनुको उद्देश्य कुमार राउतसँग यसरी प्रस्ट पारिन्
० तपाईलाई सहसचिव पदमा उम्मेदवार दिन लगाइएछ नि ?
– नेपाल बार एसोसिएसनको महŒवपूर्ण पद महिलालाई दिन रुचाइँदैन । कोषाध्यक्ष वा ल्याउनैपर्ने बाध्यता बनाइए यही सहसचिवमा महिलालाई उम्मेदवार बनाइन्छ । म पनि महिलाकै लागि छुट्याइएको सहसचिव पदमा काठमाडौं बारको निर्वाचनमा उम्मेदवार बनेकी छु ।
० अधिकारका लागि लड्ने महिलाको अवस्था त्यस्तो छ, अरुको के होला ?
– कानुन व्यवसायी क्षेत्रमा मात्र होइन, सबैतिर महिलाको अवस्था यही हो । भरसक नीति निर्माण तहमा महिलालाई पु¥याउनु हुँदैन, घरभित्रै सीमित राख्नुपर्छ भन्ने पुरुष मानसिकता परिवर्तन भइसकेको छैन । यद्यपि पहिलेभन्दा धेरै सुधार भइसकेको छ ।
० तपाईं चाहिँ के गर्छु भनेर उम्मेदवार बन्नुभएको नि ?
– यो पेसाप्रति महिलाको रुचि जगाउन मात्र होइन, संख्या बढाउनु पनि अहिलेको आवश्यकता हो । यसका लागि काठमाडौं बारमा ऊर्जा दिने नेतृत्व आवश्यक छ, त्यसका लागि मलाई उम्मेदवार बनाइएको हो ।
० एउटै समूहको दुई प्यानल छ होइन ?
– सबै साथीहरू नेतृत्व लिन योग्य हुनुहुन्छ । योग्य व्यक्तिले नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक हो । तर एउटै समूहबीच प्रतिस्पर्धा होलाजस्तो मलाई लाग्दैन । साथीहरू (जसलाई विद्रोही भनिएको छ) उहाँहरूले अन्तिममा नाम फिर्ता लिनुहुन्छ भन्ने सूचना मैले पाएकी छु ।
० किन यस्तो भद्रोगोल ?
– केही भद्रगोल भएको छैन, नेतृत्वको आकांक्षा सबैले राख्न पाउँछन् । एउटै समूहको दुई बेग्लाबेग्लै उम्मेदवार होलाजस्तो मलाई लाग्दैन । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले अगाडि सारेका आधिकारीक उम्मेदवारलाई विवेकशील मतदाताले विजयी बनाउँछन् भन्ने कुरामा म ढुक्क छु ।
० कहिलेदेखि हुनुहुन्छ यो पेसामा ?
– दुई दशक बढी यही क्षेत्रमा बिताएँ । काठमाडौंलाई आधार बनाएर कानुन व्यवसायमा संलग्न भएकै एक दशक बढी भइसक्यो । त्यसअघि म बुटवलमा थिएँ । ०५० सालमै मैले अभिवक्ताको लाइन्सेस लिएर काम गर्न सुरु गरेकी थिएँ ।
० के आकर्षण देख्नुभयो यो क्षेत्रमा ?
– पीडितलाई न्याय दिन सकिन्छ भनेरै मलाई यो क्षेत्रले आकर्षण ग¥यो । यस अवधिमा मैले जति काम गरें, जतिलाई न्याय दिलाउन सकें, त्यसमा सन्तुष्ट छु, तर गर्न धेरै बाँकी छ ।
० महिलाको अवस्था नि ?
– एकपटक झन्डै न्यून अवस्थाजस्तो देखिएको थियो । तर, अहिले केही सुधार भएको छ । यो पेसाप्रति रुचि जगाउन अझै जरुरी छ ।
० यो क्षेत्रमा कति छन् महिला ?
– तथ्यांक चाहिँ मलाई ठ्याक्कै थाहा भएन, तर पुरुषको तुलनामा महिलाको संख्या न्यून छ । अध्ययनपछि अभ्यासका क्रममा अहिले धेरै महिला साथीहरू आएका छन् ।
० क्लाइन्टले महिलालाई त्यति विश्वास गर्दैन रे नि ?
– पुरुष प्रधान मानसिकता भएको हाम्रो समाजले हत्तपत्त महिलालाई कुनै केस जिम्मा लगाउन चाहँदैन । अदालतमा महिलालाई यो पनि वारिस हो र भन्ने खालको प्रश्न गरिन्थ्यो । आफ्नो केस महिला वकिलले टुंगोमा पु¥याउन सक्दिनन् भन्ने पुरानो मानसिकतालाई विस्थापित गर्ने युवाशक्ति विकसित हुँदै गएको छ ।
० महिला वकिलहरू बढी एनजीओ÷आईएनजीओमा भुल्छन् भनिन्छ नि ?
– जहाँ रहे पनि ऊ पेसाभन्दा बाहिर हुँदैन, फर्म खोलेर बसे पनि, एनजीओ आईएनजीमा काम गरे पनि उसको कर्तव्य भनेको कानुनी लडाइँ लड्नु हो । पीडितलाई न्याय दिलाउनु हो । त्यसकारण ऊ जहाँ रहे पनि कुनै फरक पर्दैन ।
० तपाईहरूले त अपराधीको पक्षमा पनि बोल्नुपर्छ होइन ?
– को अपराधी, को निर्दोष भन्ने कुरा अदालतले फैसला गरेपछि मात्र निक्र्योल हुने विषय हो । व्यक्तिलाई कानुन व्यवसायी राख्न पाउने हक सुरक्षित छ । अदालतको फैसलासम्म नआउन्जेल कसैलाई दोषी करार गर्न मिल्दैन ।
० कसरी बन्नु भो वकिल ?
– एसएसलसीपछि बुटवल बहुमुखी क्याम्पसमा कानुन अध्ययन गरियो । छोराछोरी न्याय क्षेत्रमा हुन् भन्ने बुबाको इच्छाअनुसार घरकी ठूली छोरी मैले कानुन अध्ययन गरेकी हुँ । पैसा कमाइन्छ भनेर होइन, पीडितलाई न्याय दिलाउन सकिन्छ भनेर मैले यो पेसा रोजेकी हुँ ।
० बुबाको पृष्ठभूमि ?
– बुबा भारतीय सेनामा हुनुहुन्थ्यो, उहाँको जागिरसँगै भारतका विभिन्न स्थानमा स्कुल शिक्षा अध्ययन गरियो । हाम्रो बसोबास बुटवल हुन थालेपछि त्यहीँबाट उच्च शिक्षा हासिल गरेकी हुँ ।
० परिवारमा कानुन व्यवसायी अरु पनि हुनुहुन्छ ?
– चार सन्तान हौं हामी । बहिनी शिक्षण पेसामा थिइन्, अहिले अस्ट्रेलियामा छिन्, एउटा भाइ भारतीय सैन्य सेवामै छ । एकजना भाइको चाहिँ आफ्नै व्यापार व्यवसाय छ ।
० तपाईंलाई जंगी सेवामा जान मन लागेन ?
– त्यतातिर मेरो दिमाग गएन । तर मेरो विवाह चाहिँ नेपाली सेनाकै अधिकृतसँग भयो । उहाँ अर्थात् कृष्णबहादुर खड्काले कर्णेल पदबाट अवकाश लिइसक्नुभएको छ ।
० लभ म्यारिज हो ?
– होइन, तर विवाह चाहिँ एक दिनअघि छिनेर भोलिपल्ट गरियो ।
० बालबच्चा ?
– एक छोरा, एक छोरी छन् । छोरा सिभिल इन्जिनियर पढ्दैछ, छोरी ८ कक्षामा ।
० पुगिसरी रहेछ, किन मुद्दाको फाइल बोकेर हिँड्नुप¥यो त ?
– श्रीमान्को धाक लगाएर खाने युग यो होइन । जोकोही आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता मेरो हो । अझ महिला आत्मनिर्भर हुनु अनिवार्यजस्तै हो । कलेज पढ्दा पनि म स्कुल पढाउँथे । समाजमा महिला उदाहरणीय बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।
० कस्ता मुद्दा हेर्न रुचि राख्नु हुन्छ ?
– कानुन व्यवसायी हुँ, निर्दोष व्यक्तिलाई न्याय दिलाउने खालका मुद्दामा मेरो रुचि हुन्छ । विशेष गरी महिला अधिकारसम्बन्धी मुद्दामा कतिपय शुल्क लिएर अथवा नलिई पनि हेर्ने गर्छु । पीडित महिलाले न्याय पाएको क्षण साह्रै खुसी लाग्छ ।

– See more at: http://www.nepalbritain.com/?p=48085#sthash.GZnXwaOP.dpuf