१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रचण्ड र निधिलाई जेल हाल्नुपर्छ : अध्यक्ष पहारी

नेपालब्रिटेन डट कम्
९ पुष २०७३, शनिबार १३:०४

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिलाई जेल हाल्नुपर्ने बताएका छन् । युवा संघ पोखराको २६ वटा अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
पहारीले प्रचण्ड र निधिले छिमेकी मुलुक भारतको इसारामा संविधान विपरित संसोधन विधेयक प्रस्ताव दर्ता गरेकाले उनीहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘संविधान विपरित काम गर्ने राष्ट्रघाती हुन् । मनपरी रुपमा संसोशध स्वीकार्य हुँदैन् ।’ फरक प्रशंगमा पहारीले आफ्ना कार्यकर्ता दुर्गा तिवारीको हत्यारालार्इ कडा कारबाही नभए देशभर आन्दोलन गर्ने चेतावनी पनि दिए ।