६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रिमियर लिगको शीर्षस्थानमा टोटनह्याम

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७७, सोमबार ०३:२५

लन्डन । आर्सनललाई हराउँदै टोटनह्याम हट्सपर इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्युङ मिन सन र ह्यारी केनले १-१ गोल गरे ।

जोजे मौरिन्होको प्रशिक्षणमा टोटनह्यामले यो सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । प्रिमियर लिगकै अर्को खेलमा साविक विजेता लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–० ले हरायो ।

लिरभपुलका लागि मोहोमद सालाह, जर्जीनियो वहाल्दम र जोएल माटिपले एक एक गोल गर्दा वुल्भरह्याम्पटनका नेल्सन सेमेडोले एक आत्माघाति गोल गरे । गएराति भएको अर्को खेलमा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–१ ले हराउँदा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई ५–१ ले पाखा लगायो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ११ खेलबाट २४ अंक जोडेका टोटनह्याम हट्सपर र लिभरपुल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको चेल्सीको २२ अंक छ भने २१ अंकसहित लेष्टर सिटी चौथो स्थानमा उक्लिएको छ ।