११ बैशाख २०८१, मंगलवार
Follow Us

नायिका श्वेताले विजयन्द्रसँग कसिन् लगनगाँठो

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७७, सोमबार ११:५८

काठमाडौं । अभिनेत्री श्वेता खड्का र विजयन्द्र सिहं रावतसँग विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले आज (सोमबार) गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गरेका हुन्। केहि समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले लगनगाँठो कसेका हुन्। परिवारका सदस्य र साथीहरुको उपस्थितिमा गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको बिहे भएको हो।

कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू अभिनेत्री भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।