१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजतन्त्र र हिन्दु राष्ट्रबारे सर्वदलीय बैठकमा पेश : नेता बाेहाेरा

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७७, बुधबार ०३:०३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको बैठकमा सहभागी राप्रपाका नेता दिपक बाेहाेराले जानकारी दिनु भयाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । बैठकमा राप्रपाका नेताहरुले संविधान बनाउँदा चौथो पात्र आफूहरु नै भएको र संविधानप्रति समर्थन रहेको बताए ।
साथै राजतन्त्रको पक्षमा रहेको भइरहेको आन्दोलनमा नैतिक समर्थन रहेको बताएका छन् । बैठकपछि राप्रपाका नेता दीपक बोहोराले भने, ‘हामीले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा सर्वदलीय बैठकबाट छलफल र निर्णय गरौं भनेर प्रस्ताव राखेका छौं । तर कतैबाट जवाफ आएन ।’

बैठकमा कतिपयले राजवादीहरुको आन्दोलनबारे फरकफरक धारणा आएको थियो । राप्रपा नेता बोहोराले भने, ‘यो आन्दोलनबारे चासो सबै पार्टीको थियो, तर हामीले दिएको विकल्पबारे ‘प्रधानमन्त्रीज्यू र अरु दलको पनि रेस्पोन्स आएन ।’

सर्वदलीय बैठकमा राप्रपा नेताहरुले कोभिड नियन्त्रणमा सरकार असफल बताएका छन् । साथै कोभिड भ्याक्सिन निःशुल्क उपलब्ध गराउन समेत सुझाव दिएका छन् ।