१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अफ्रिका सम्मेलन शुरु

नेपालब्रिटेन डट कम्
९ पुष २०७३, शनिबार १६:४५

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रिय सम्मेलन शनिवार देखी तान्जेनियाको राजधानी दार–ए सलाम शुरु भयो । सम्मेलनको उद्धघाटन अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई र गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले संयूक्त रुपमा गरे ।

अफ्रिकामा नेपालबाट बढ्दो मानब तस्करी, अफ्रिकामा रहेका नेपालीहरुको समस्या लगायतका महत्वपूर्ण मुद्धामा छलफल हुने सो सम्मेलन आइतवार दार–ए सलाम घोषणापत्र जारी गर्दै समापन हुनेछ ।
सम्मेलनको उद्धघाटनसत्रमा राजदूत अमृत बहादुर राई र गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिकमत थापा, सुनिल कार्की, निरज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिए ।
अफ्रीका क्षेत्रमा रहेका १५ राष्ट्रिय समिति मध्ये करिब १ दर्जन भन्दा बढी मुलुकका प्रतिनिधी सहभागी छन् । सम्मेलनमा गैरआवासीय नेपाली सँघ अष्ट्रेलियाको तर्फबाट निरज श्रेष्ठ समेत सम्मेलनमा सहभागी छन् ।
गैरआवासीय नेपाली संघ तान्जानियाको आतिथ्यता हुने सो सम्मेलनमा साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल र नागरिक दैनिका पत्रकार मणि दाहाल र एनआरएनएको केन्द्रिय कार्यालयबाट अनिल ढुगांना आदि सहभागी छन् ।
उक्त सम्मेलनमा बैदेशिक लगानी, गैरकानुनी मानब ओसारपसार, अफ्रिका राहतकोष तथा अफ्रिका र नेपालबीच पर्यटन अनुभव आदान प्रदान लगायतका विषयमा सम्मेलन केन्द्रित रहने छ ।