८ बैशाख २०८१, शनिबार
Follow Us

बीबीसी मास्टर सेफः फिउजन गरेको ‘योमरी’ ले मन जित्यो (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७७, बिहीबार २३:२३

लण्डन । नेपाली सेफ सन्तोष साहले नेवारी खाना योमरी बनाएर ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउण्डको प्रतिस्स्पर्धाबाट अघि बढ्दै उनी शीर्ष ६ को फाइनल राउण्ड पुगेका हुन् ।

बिहीबार भएको प्रतियोगितामा सन्तोषले मौलिक नेवारी परिकार ‘योमरी’ लाई फिउजन गरेका थिए । चकलेट, चिल्ली, अरेन्ज, सिनमन मिसाएर बनाएको योमरीले निर्णायकहरुको मन जितेका थिए ।

प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धापछि १७ डिसेम्वरमा घोषणा हुनेछ । उनी आगामी मंगलवार हुने प्रतियोगितामा छानिए पछि मात्र फाइनलमा पुग्ने छन् ।