१४ बैशाख २०८१, शुक्रबार
Follow Us

व्यापार सम्झौता बिनानै यूके युरोपेली संघबाट छुट्टिने  

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७७, शुक्रबार ०५:२७
बोरिस जोनसनले ब्रिटेनले यूरोपियन संघ (इयू) सँग ‘पोस्ट-ब्रेग्जिट ट्रेड’ सम्झौता गर्न नसक्ने संकेत गरेका छन्। प्रधानमन्त्रीले छलफल जारी भएपनि जनतालाई यही नतिजाका लागि तयार रहन बताएका हुन्। उनले इयुकी प्रमुख उर्सुला वनसँगको बुधवारको बैठकपछि उक्त वयान दिएका छन्।

ब्रिटेनले डिसेम्बर ३१ देखि इयूसँगको व्यापार नियम पालना गर्न बन्द गर्छ। कुनै पनि नयाँ सम्झौताका लागि समय कम भएको बीबीसीमा जनाइएको छ।

हप्तौं चलेको छलफल पछि पनि प्रतिस्पर्धा नियम र माछाको अधिकारजस्ता प्रमुख विषयमा कुनै निस्कर्ष निस्किएन। जोनसनले ब्रिटेनको प्रतिनिधिले यस विषयको हलका लागि सक्दो कोसिस गरेको र बैठकका लागि पेरिस या बर्लिन जान सक्ने बताए।

उनका अनुसार इयु चाहन्छ ब्रिटेन संघको कानूनी व्यवस्थामा रहोस्। नत्र आयातमा शूल्कजस्ता नियम पालना गरोस्। जसले विषयलाई झनै जटिल बनाइदिन्छ। भने,’यूरोपियन संघको प्रस्तावको मतलव यो हो कि यस वर्षको सुरुवातमै संघबाट बाहिर निस्किए बावजुद ब्रिटेन पुन: २७ देशहरूको संगठनमा रहिरहन बाध्य हुन्छ।’

उनले इयूको प्रस्ताव स्वीकार्नुको साटो विकल्पको खोजी गर्ने बताए।