१५ चैत्र २०८०, बिहीबार
Follow Us

अन्जु पन्तकी छोरी परितोषिकाले गरिन् आमाको गीतबाट ‘डेब्यु’ (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७७, शनिबार ०४:०६

गायिका अन्जु पन्तको नयाँ गीत ‘धेरै माया नदेऊ मलाई’ मा उनकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन्। गीतको भिडियोमा कुन्साङ बोम्जन परितोषिकाको जोडी बनेकाे देख्न सकिन्छ।

सुरेश वाग्लेको शब्दको यो गीतमा अन्जु पन्त आफैंले संगीत दिएकी छन्। छोरीसँग सहकार्य गरेको र आफैं संगीत तयार गरेको यो गीत उनका लागि विशेष छ। अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा राखेको अन्जुले बताएकी छिन्।

गीतमा संगीत संयोजन संजीब बराइली र मिक्सिङ मास्टरिङ साजन शाहको छ। गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। धिरज जंग शाहले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।

गीतको भिडियो गायिका पन्तको आधिकारिक ‘युट्युब च्यानल’ सार्वजनिक भएको हो।