१५ बैशाख २०८१, शनिबार
Follow Us

गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता सुरु हुँदै

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७७, शनिबार ०४:१६

गौतम बुद्ध कप टि–२० क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ । चितवनको भरतपुरस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अन्तर्गतको नमुना खेल मैदानमा प्रतियोगिताका खेल सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आज बाग्मती र नारायणी टोलीबीच प्रतिस्पर्धा हुनेछ । बाग्मती ज्ञानेन्द्र मल्ल र नारायणी पारस खड्काको नेतृत्वमा रहेका टोली हुन् ।

हिजो मात्र कोरोना सक्रमण पुष्टि भएकाले पारसले भने प्रतियोगीता गुमाउने भएका छन् । पारसको अनुपस्थितीमा टोलीको कमानी सुवास खकुरेलले गर्नेछन् । तीन टोलीले एकले अर्को टोलीसँग खेलेपछि शीर्ष २ स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाईनल खेल मंगलबार हुनेछ ।

प्रतियोगितामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीका अतिरिक्त राष्ट्रिय टोली र उमेर समुहबाट खेलीसकेका खेलाडीलाई समेटेर टोली तयार पारिएको छ । बाग्मती प्रदेश क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन क्वीन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीले गर्नेछ ।