७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७७, आईतवार ०२:४५

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट शुरु हुने भएको छ । विश्वकप छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले राष्ट्रिय टिमको प्रशिक्षण थाल्न लागेको हो ।

शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेलको तालिका सार्वजनिक गरेपछि प्रशिक्षण गर्न लागिएको हो । ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । एन्फाको बन्द प्रशिक्षणबाट दुई वटा टिम बनाउने योजना छ ।

प्रारम्भिक टोलीमा पूर्व कप्तान विराज महर्जनदेखि कारबाहीमा परेका विमल घर्तिमगर समेत छन् । टिमको कार्यवहाक प्रशिक्षकको जिम्मेबारी बालगोपाल महर्जनले सम्हाल्नेछन् । एन्फाले विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहलाई जिम्मेवारी दिएको छ ।

नयाँ तालिका अनुसार नेपालले चैत १२ गते चाईनिज ताईपेसंग, चैत १७ गते अष्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसंग प्रतिस्पर्धा गर्नेछ । एसियन छनोट अन्तर्गत समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् ।

अष्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंकसहित चौथो स्थानमा छ ।