८ बैशाख २०८१, शनिबार
Follow Us

बिकिनी किलर शोभराज बीबीसी टेलिसिरियलमा !

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७७, सोमबार १०:४२

चिरन शर्मा। लन्डन ।विगत १५ वर्षदेखि नेपालमा कैद भुक्तान गरिरहेका अन्तर्राष्ट्रिय रूपमा चर्चित अपराधी चाल्स शोभराजको जीवनीमा आधारित टेली चलचित्र प्रशारण हुने भएको छ।

बेलायती संचार संस्था बीबीसी वानको लागि तयार पारिएको सो बृतचित्रमा चाल्स शोभराज अर्थात् (द सेरपेन्ट र द बिकिन किलर) सन् १९७६ मा कसरी प्रहरी कब्जामा परे भनेर देखाइने छ।

आगामी अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिखमा बीबीसी वानमा प्रशारण हुने सो टेली चलचित्र नेटफिलीक्समा विश्वभरका दर्शकले हेर्न पाउने छन्। शोभराजका अपराधहरुको पर्दाफास गर्ने सालिन तर तृक्ष्ण कूटनैतिज्ञको बिषयलाई उक्त टेलीसीरियलले उजागर गर्ने बताएको छ।

८ भागमा विभाजित टेलिचित्रमा ओस्कार मनोनित फ्रान्सेली अपराध नाटकको अभिनयबाट प्रख्यात अभिनेता तहर रहिमले चाल्र्स शोभराजको भूमिका निर्वाह गर्ने भएका छन्।

रिपर स्ट्रिट, रिचार्ड वारले र टोबी फिनालेले लेखेको कथाको वृतचित्रमा ‘डाक्टर हु’ र भिक्टोरियाजस्ता चर्चित टेलिभिजन कार्यक्रममा अभिनय गरेकी जेन्ना कोलम्यानले उनको पाटनरको भूमिका निर्वाह गरेकी छन्।

को हुन चाल्स शोभराज ?
भेष बदलेर प्रहरी प्रशासनलाई समेत आश्यर्चमा पार्न सक्ने अद्भुत क्षमता राख्ने सन् १९४४, अप्रिलमा जन्मिएका चाल्र्स शोभराजले ४४ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र उनको क्यानडाली नागरिक लरेन्ट केरिरेको हत्या गरेका थिए।

नेपालको केन्द्रीय कारागारमा रहेका शोभराजले टर्की, ईरान, भारत, थाइल्यान्डलगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप लागेको छ। उनी बिकिनी किलर र सिरियल किलरजस्ता उपनामले विश्वमा चर्चित छन् । उनले २१ वर्ष भारतको जेलमा बिताएर सन् १९९७ मा जेल मुक्त भएका थिए। पछि नेपालमा सन् २००३ मा उनी पुनः पक्राउ परेका हुन्।

शोभराजले आफू ७५ वर्षको बृद्ध भएको आधारमा कैद छुटको लागि सर्वोच्च अदातलमा निवेदन दिएको थिए। १५ वर्षदेखि नेपालको जेलमा रहेको विदेशी आफू मात्रको दाबी उनले गरेका छन्।
nagariknkews.com