६ बैशाख २०८१, बिहीबार
Follow Us

सन्तोष शाह पुगे बीबीसी मास्टर सेफ प्रोफेस्नलको फाइनलमा

नेपालब्रिटेन डट कम्
१ पुष २०७७, बुधबार २१:५६

लण्डन । सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेस्नल प्रतियोगिताको शीर्ष ४ जनाबाट छानिएर फाइनलमा पुगेका छन् ।

विगत ६ हप्ता देखी बीबीसी वानमा प्रशारित फाइनल राउण्डको पहिलो चरणबाट उनी टप ४ हुदैं फाइनलमा प्रवेश गरेका हुन् ।

मंगलवार साँझको एपिसोडमा तीन जना सेफ छानिएका छन् । शाहले बिहिवार साँझ बाँकी दुईजनासँग भिड्ने छन् ।

साहले आगामी एपिसोडको लागि नेपाली खानाका परिकारको तयारी गरेको जानकारी दिए। ‘मैले २ सय प्रकारको नेपाली खानाको तयारी गरेको छु सबै देखाउने इच्छा थियो तर त्यो सम्भव हुँदैन तर पनि लोकप्रिय खाना पस्किन प्रयास गर्ने छुु’ शाहले भने।

उनले बीबीसी मास्टर सेफको लागि राँगोको मासु, जिम्बु, भटमास, गुन्द्रुक रायो साग, मःम, थुप्पा, चाउमिन, छ्याग, आइला जस्ता खाना बनाउने तयारी गरेका छन्। ।

इन्भेन्सन्ट राउण्ड मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीर, आँपको कुल्फी, तराईमा प्रचलित आँपको ुअमौरा बनाएका थिए।

सन्तोषले प्रतिस्पर्धा जित्नु भन्दा ठूलो नेपाली खानालाई चिनाउने रहेको बताए।

साहले भने मैले केही नेपाली खाना चिनाउन सफल भए त्यसैले नेपालीको जित भैसक्यो जस्तो लाग्छ तर बाँकी एपिसोडमा टाइटल जित्ने प्रयास गर्ने छु ।