१२ बैशाख २०८१, बुधबार
Follow Us

लिभरपुल शीर्ष स्थानमा

नेपालब्रिटेन संवाददाता
२ पुष २०७७, बिहीबार ०४:५३

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्यामलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्याम माथि २-१ गोलको जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा पुगेको हो ।

खेलमा लिभरपुलका लागि मोहमद सलाह र फिर्मिन्होले गोल गरे । टोटनह्यामका सन ह्युङ मिनले एक गोल फर्काए । जितपछि लिभरपुलले प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा टोटनह्यामसँग ३ अंकको अग्रता लिएको छ । १३ खेलबाट लिभरपुलको २८ अंक भएको छ भने दोस्रो स्थानको टोटनह्यामको २५ अंक छ ।

प्रियिमर लिगअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एभर्टनले लेष्टर सिटीलाई दुई–शुन्यले हराएको छ । आर्सनलले साउथह्याम्पटनसँग एक–एक गोलको बराबरी खेलेको छ ।

यसैगरी लिड्स युनाईटेडले न्युक्यासल युनाईटेडलाई पाँच–दुईले हराएको छ भने वेष्ट ह्याम र क्रिष्टल प्यालेसले एक–एकगोलको बराबरी खेलेका छन ।