१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएमा लागु भयो ‘एमआईएस’, सदस्यता वितरण गर्न बाटो खुल्यो

नेपालब्रिटेन डट कम्
२ पुष २०७७, बिहीबार २१:३०

लण्डन । गैरआवासीय नेपाली संघले नयाँ एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) लागु गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार विहिवार विश्वभर छरिएका राष्ट्रिय समितिलाई एमआईएस मार्फत सदस्यता वितरण गर्न निर्देशन दिइएको छ ।
संघको नयाँ निर्देशन अनुसार अब राष्ट्रिय समितिले केन्द्रीय प्रणाली अनुसार पन्जिकृत सदस्यता वितरण गर्न बाटो खुलेको छ ।

राष्ट्रिय समितिले आआफ्नो देश अनुकुल सदस्यता वितरणलाई सहजिकरण गर्न एनआरएनएको सचिवालयमा सम्पर्क राख्न सक्ने छन् । नयाँ एमआईएसमा दर्ता नहुने राष्ट्रिय समितिको संघसंगको अबद्धता विधान अनुरुप खारेज हुने बताएको छ ।

एमआईएस मार्फत सदस्यता लिन चाहनेहरुको लागि छिटै आईओएस र एन्ड्रोइड फोनमा एप उपलब्ध हुने संघका सचिव तथा स्मार्ट एनआरएनएका संयोजक गौरीराज जोशीले जानकारी दिए ।

नयाँ सिस्टममा पेपल मार्फत सदस्यता शुल्क तिर्न सकिने बताएको छ । एमआईएस अन्तरर्गत अनलाइन भोटिङ्ग, प्रतिनिधी दर्ता, परिचयपत्र, उनीहरुले पाउने सुविधा लगायतका सेवाहरु रहेका छन् ।

संघले सदस्यहरुको व्यक्तिगत विवरणलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप छुट्टै क्लाउडमा राख्ने व्यवस्था गरेको छ ।

नयाँ सिस्टममा सदस्यहरुले आफ्नो छुट्टै एकाउण्ट खोलेर व्यक्तिगत विवरण अपडेट गर्न सक्ने सुविधा रहेको छ ।

पुर्नरसंरचनाको लागि विधान संशोधन, आर्थिक प्रतिवेदन लगायतका विषयमा छलफल गर्न संघको भर्रचुअल विषेश महाधिवेसन जनवरी अन्तिम साता बस्दैछ ।