१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा साना लगानी बारे क्यानाडामा सम्मेलन हुने

नेपालब्रिटेन डट कम्
१० पुष २०७३, आईतवार १४:३५

क्यानडामा “नेपालमा लगानी गरौं” भन्ने नाराका साथ सम्मेलन हुने

नेपालमा गैरआवासीय नेपालीहरुलाई लगानीको वातावरण बन्दै गईरहेको छ । पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण राम्रो हुनथालेपछि गैरआवासीय नेपालीहरु नेपालमा लगानी गर्न थालेका हुन् ।

नेपालमा लगानीको वातावरण बन्दै गईरहेको भन्ने सन्देश दिन गैरआवासीय नेपाली संघ क्यानाडाले एक कार्यक्रमको आयोजना गर्न लागेको छ ।

नेपालमा साना लगानीका सम्भाबना र चुनौति बिषयमा “नेपालमा लगानी गरौं” (Lets Invest in Nepal) भन्ने नाराका साथ १ दिने सम्मेलनको आयोजना गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपालमा लगानी कसरी गर्ने, लगानी गर्दाको सुरक्षा चुनौती, कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा छलफल हुन लागेको कार्यक्रम संयोजक तुला भट्टचनले जानकारी दिए । कार्यक्रम आगामी २२ जनवरी २०१७ मा राखिएको छ ।