७ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्तोष शाह बने बीबीसी मास्टर सेफको उपविजेता

नेपालब्रिटेन डट कम्
२ पुष २०७७, बिहीबार २२:१५

लण्डन । बेलायतस्थित एक गैरआवासीय नेपाली बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितमा उपविजेता भएका छन् ।

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सिराहका सन्तोष शाह उपविजेता भएका हुन् ।

प्रतियोगितमा बेलायतका आलेक्स वेबले सो उपाधि हात पारेका छन् । सन्तोषले प्रतियोगितामा भाग लिएर नेपाली खाना चिनाउन पाएकोमा प्रसन्नता प्रकट गरेका छन् ।

६ हप्ता लामो प्रतियोगितमा झण्डै तीन दर्जन सेफहरुले भाग लिएका थिए ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार पस्किएका थिए ।