१५ चैत्र २०८०, बिहीबार
Follow Us

लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

नेपालब्रिटेन संवाददाता
३ पुष २०७७, शुक्रबार ०४:४३

लन्डन । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् ।

पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९/२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।

फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् । विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ ।

यस्तोमा लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए । लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन् । महिलातर्फ प्रशिक्षकमा नेदरल्यान्डकी सारिना विग्मन द बेस्टको उपाधि जित्न सफल रहिन् ।

पुरुषतर्फ प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते । इटालीका माटिया अग्नेसेले फिफा फेयर प्ले अवार्ड जिते । फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोले जिते । म

हिलातर्फ द बेस्ट गोलरक्षकको उपाधि फ्रान्सकी सारा बौहाद्दीले जितेकी छिन् । पुरुषको द बेस्ट गोलरक्षक जर्मन कप्तान म्यानुएल नोएर चुनिए । फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन् ।