१५ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति युरोपको दोस्रो अधिवेसनलाई सभापति देउवाले सम्वोधन गर्ने

नेपालब्रिटेन डट कम्
३ पुष २०७७, शुक्रबार २१:४५

लण्डन । नेपाली कांग्रेस जनसम्पर्क समन्यव समिति युरोपको दोस्रो महाधिवेसनमा सभापति शेर बहादुर देउवाले सम्वोधन गर्ने भएका छन् ।
समितिका महामन्त्री गंगाधर गौतममा अनुसार २८ डिसेम्वर सोमवारका दिन भर्रचुअल प्रविधी मार्फत हुने सो महाधिवेसनमा सभापति देउवा सहित पार्टीका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने भएका छन् ।

नेताहरु विमलेन्द्र निधी, पूर्ण बहादुर खड्का, डा प्रकाशशरण महत, डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा र गोविन्द भट्टराई लगायत विदेशस्थित जनसम्पर्क समितिका सभापतिहरुले सो अधिवेसनलाई सम्वोधन गर्ने भएका छन् ।

महाअधिवेसनमा युरोपस्थित १६ देशमा रहेका नेपाली जनसम्पर्क समितिका प्रतिनिधीहरुले भाग लिने गौतमले जानकारी दिए ।

समितिको विधान अनुरुप सो महाधिवेसनमा युरोप क्षेत्रमा रहेका नेपाली जनसम्पर्क समितिका वर्तमान तथा पूर्वसभापतिहरु, पदाधिकारीहरु, नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसनका वर्तमान तथा पूर्व प्रतिनिधीहरुले सो अधिवेसनमा प्रतिनिधीको रुपमा सहभागी हुन पाउने छन् ।

सन् २००७ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपस्थितीमा समितिको पहिलो बर्लिन भेलाले नेपाली जनसम्पर्क समिति युरोपको स्थापना गरेको थियो ।
समितिको पहिलो महाधिवेशन सन् २००९, अगष्टमा वर्तमान सभापति तथा तत्कालिन बरिष्ठ नेता शेर बहादुर देउवाले प्रोतुगलको राजधानी लिस्वनमा उद्धघाटन गरेका थिए ।

समितिको नेतृत्व जर्मनस्थित व्यवसायी दिल गुरुङ्गले गर्दै आएका छन् । आगामी महाधिवेसनले नयाँ नेतृत्वको समेत चयन गर्ने बताएको छ ।

सो महाधिवेसन तयारीको लागि सभापति दिल गुरुङ्गको संयोजकत्वमा अधिवेसन मुलआयोजक समिति, बरिष्ठउपाध्यक्ष पूर्ण हमालको संयोजत्वमा निर्वाचन समिति, शशी पौडेलको संयोजकत्वमा विधान समिति, उपसभापति जानकी गुरुङ्गको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति, विनोद घिमिरेको संयोजकत्वमा प्रविधी सहयोग तथा प्रचारप्रसार समिति, दयाराम पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।