July 25, 2021
1:28 AM | 6:13 AM
कला तथा मनोरन्जन

‘म जुन बनिदिन्छु’मा इन्जमम र जानकीको रोमान्स

  19/12/2020 मा प्रकाशित

काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत रहेको छ भने गोपाल लोहारको शब्द रहेको छ। रंजित गजमेरले नै यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायांकन भएको म्युजिक भिडियोमा इन्ज़मम अली खान र जानकी थापा फिचर्ड छन् । रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया