१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतको ऐतिहासिक सर्मनाक पराजय

नेपालब्रिटेन संवाददाता
४ पुष २०७७, शनिबार ११:२७

सिड्नी । अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत आफ्नो हालसम्मकै न्यून स्कोरमा खुम्चिएको छ । अष्ट्रेलियाविरुद्धको टेस्टको तेस्रो दिन भारतले लज्जास्पद प्रदर्शन गरेको हो ।

भारतीय क्रिकेट टोली २१ ओभर दुई बल खेलेर ३६ रनमै अलआउट भएको हो । छयालिस बर्षपछि भारत हालसम्मकै न्यून स्कोरमा समेटिएको हो । यसअघि सन् १९७४ जुन २४ तारिखमा भारतले इंग्ल्यिान्डविरुद्ध खराब प्रदर्शन गर्दै ४२ रन बनाएको थियो ।

टेस्टमा हालसम्मको सबैभन्दा न्यून स्कोर न्युजिल्याण्डको छ । उसले सन् १९५५ मा इंग्ल्याण्डविरुद्धको खेलमा मात्र २६ रन बनाएको थियो । आजको खेलमा भारतका कुनैं पनि भारतीय ब्याट्सम्यानले यो खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मयंक अग्रवालले नौ, हनुमा विहारीले आठ, पृथ्वी शा, कप्तान विराट कोहली, रिद्धिमान साह र उमेश यादवले समान चार–चार रन बनाए । भारतले चार विकेट त शून्य रन मै गुमाएको छ ।

अष्ट्रेलियाका लागि जोश हजलवोडले पाँच ओभरमा तीन ओभर मेडनसहित आठ रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै, पट कुम्मिन्सले चार विकेट लिए ।

यसअघि टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको भारतले सबै विकेटको क्षतिमा २ सय ४४ रन बनाएको थियो । अस्ट्रेलियाले भने आफ्नो पहिलो इनिङमा १ सय ९१ रन बनाएको थियो ।