७ बैशाख २०८१, शुक्रबार
Follow Us

युवाहरुलाई ज्ञान र सीप लिएर देश निर्माणको लागी फर्किन मन्त्री बिश्वकर्माको आग्रह

नेपालब्रिटेन डट कम्
४ पुष २०७७, शनिबार १९:०४

लन्डन। “गैरआवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा सहित गैर-आवसीय नेपाली संघ यूके को नेतृत्वमा नेपाल पत्रकार महासंघ युरोप र एनआरएनए एनसीसी आयरल्याण्ड, डेनमार्क, अष्ट्रीया र स्पेन ले सामाजिक जागरण तथा मानबिय सहयोग क्रियाकलापमा हातेमालो गर्दै आज डिसेम्बर १९ तारिख सनिबारका दिन संयुक्त्त रूपमा भर्च्युअल कार्यक्रम सम्पन्न भएको छ ।

युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको बिशेश आतिथ्य र युवा संयोजक हिमाल गुरुङको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको प्यानलिष्टमा नेपालका चर्चित सामाजिक अभियान्ता रमेश प्रसाईं (प्राबिधिक समस्या देखिएकाले आफ्ना भनाइहरु राख्न नसक्नु भएको) ब्लाईण्ड रक्सकी संस्थापक श्रृष्टि केसी र डेनमार्कबाट कलरफुल स्याडोजकी संस्थापक अनुजा गौतमले आ-आफ्ना बिचार सहित आफ्नो नेतृत्वमा भएको कृयाकलापको फेहरीस्त प्रस्तुत गर्दा सहभागीहरुलाइ मन्त्रमुग्ध बनाएका थिए ।

आफ्नो प्रस्तुति राख्दै अनुजा गौतमले महिला भएकै कारण त्यसमा पनि अपाङ्ग हुनुपरेको अवस्थामा समाजले हेर्ने दृस्टीकोण बदल्नुपर्ने र राज्यले आत्मनिर्भर, काम र शिक्षामा समान अवसर दिइनुपर्ने औल्याउदै दृस्टीबिहिन हुनुपरेकै कारण बिभिन्न स्थानमा भोगेको तितो ब्यबहारको अनुभब राखेकी थिइन ।

२०१६ मा स्थापना गरेको कलरफुल स्याडोज २०१६ कै एन आर एनको युरोपियन भेलामा प्रस्तुत गरेको प्रस्तुतिबाट पाएको माया सदा रहिरहने भन्दै एन आर एन ए अभियन्ताहरु बाट पाएको सहयोग र समर्थनको प्रसंशा गरेकी थिइन् (सो कार्क्रमकमा प्रतिबद्ध रकम भने अझै जम्मा नभै सकेको अवस्था छ) । सबैको सानो त्याग र सहयोगले नेत्रहिन समुदायमा ठुलो प्रेरणा र गर्व मिल्नेछ अनुजाले बताईन ।

जीवन मरण एउटा चक्र हो युवाहरुको तीनवटा सी ( Challenge, Chances, Change) ले युवाहरुलाइ अवसर प्राप्त हुनेमा दुई मत नरहेको र युवा एकतामा बल हुने भन्दै युवाहरुमा मन र मुटु देखिने सपना देख्न आग्रह ब्लाइन्ड रक कि सृस्टि केसीले ब्यक्त गरेकी थिइन | एक थोपा पानी समुन्द्रमा बिलाएर जान्छ तर त्यहि एक थोपा पानी पातमा राखेमा चमक दिने भएकाले हामी पात माथिको पनि हुन चाहन्छौ त्यसमा सबैको सकारात्मक सोच हुन जरुरि छ सृस्टिको बिचार थियो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रि माननीय जगत बहादुर बिश्वकर्माले नव नेपाल निर्वाणमा युवाहरुको सहभागितामा अपरिहार्य रहेको भन्दै युवाहरुले आ-आफ्नो शिप र ज्ञान बोकेर मातृभूमि फर्कन आग्रह गर्दै नेपाल सरकारले युवाहरुका लागि अवसरका श्रृजनाहरु गरेको जनाकारी गराउदै आयोजकलाई शुभकामना साथै धन्यबाद दिएका थिए ।

त्यसैगरी बिशिष्ठ अतिथिको रुपमा एन आर एन आइ सी सी केन्द्रीय अध्यक्ष कुमार पन्त, नर्डिक रिजनका महामहिम राजदूत युब नाथ लम्साल, एन आर एन आइ सी सी युवा संयोजक हिजमाल गुरुङ र पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।

बेलायतको समय १२ बजे र नेपाली समय १७:४५ मा सुरु भएको उक्क्त कार्यक्रमको अध्यक्षता यूके एनसीसी अध्यक्ष पुनम गुरुङले गरेकी थिइन भने स्वागत मन्तब्य एन सी सी आयार्ल्यान्ड्सका अध्यक्ष मिलन छन्त्यालले गरेका थिए भने कार्यक्रमको संचालन अष्ट्रीयाका युवा संयोजक दिनेश वैद्यबारले गरेका थिए । युरोप-अमेरीका, मध्यपूर्ब – एसियाप्यासेफिक क्षेत्रका विभिन्न देशका एनसीसी अध्यक्ष लगायत अग्रज एनआरएनकर्मी तथा पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रम पूर्णरुपमा कलरफुल स्याडोजको प्रोजेक्टको लागि केही स्वइच्छाले आर्थिक सहयोग संकलन गर्ने पनि योजना रहेको कार्यक्रमका जिम्मेबार व्यक्तिले जानकारी गराए । कबोल गरिएको रकम डिसेम्बर २५ तारिख भित्र एनआरएनएन सीसी डेनमार्कको खातामा जम्मा गरिने बताईएको छ । कार्यक्रममा ५ वटै एनसीसीका पदाधिकारीहरु र अन्य धेरै सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।

विभिन्न एनसीसीका अध्यक्ष, युवा संयोजक र अन्य पदाधिकारीहरुको विशेष पहलमा सुरु भएको यस प्रकारको सामाजिक क्रियाकलापले यूरोपमा एउटा छुट्टै उचाई लिने कार्यक्रम हुनसक्ने अनुमान गर्न थालिएको देखिन्छ ।
दुई अथवा त्यो भन्दा धेरै एनसीसी मिलेर गर्ने यस्ता क्रियाकलापले भोलीका दिन ठूलाठूला सामाजिक अभियान गर्न अन्य एनसीसीहरुलाई पनि अभिप्रेरित गर्नसक्छ, युवाहरुले यसको ढोका खोलेको, अन्य साझा मुद्दाहरुमा पनि आगामी दिनमा के कसरी संगै काम गर्न सकिन्छ भन्ने एक प्रयोगको रुपमा यस कार्यक्रमलाई लिईएको यस कार्यक्रमको अबधारणा देखी हालसम्म पर्दापछाडी नै रहेर पनि उल्लेख्य भूमिका निभाउनु भएका पुराना एनआरएनकर्मी तथा आईसीसी सदस्य रामशरण सिमखडाले बताउनु भयो । कार्यक्रमलाई एनआरएनएको फेसबुक पेज र अन्य पेजहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

विभिन्न एनसीसीका अध्यक्ष, युवा संयोजक र अन्य पदाधिकारीहरुको विशेष पहलमा सुरु भएको यस प्रकारको सामाजिक क्रियाकलापले यूरोपमा एउटा छुट्टै उचाई लिने कार्यक्रम हुनसक्ने अनुमान गर्न थालिएको देखिन्छ । दुई अथवा त्यो भन्दा धेरै एनसीसी मिलेर गर्ने यस्ता क्रियाकलापले भोलीका दिन ठूलाठूला सामाजिक अभियान गर्न अन्य एनसीसीहरुलाई पनि अभिप्रेरित गर्न सक्नेछ यूके, अष्ट्रीया, डेनमार्क, स्पेन र आयर्ल्याण्डका गैरआवासीय नेपाली संघहरु र नेपाल पत्रकार महासंघ यूरोप शाखा मिलेर गरिने यस कार्यक्रमको व्यापक चर्चा हुन थालेको थियो ।