१२ बैशाख २०८१, बुधबार
Follow Us

लिभरपुलको शानदार जीतमा क्लपले रचे इतिहास

नेपालब्रिटेन डट कम्
४ पुष २०७७, शनिबार १९:२३

शनिबार क्रिस्टल प्यालेसविरुद्ध ७–० को शानदार जीत हासिल गर्ने क्रममा लिभरपुलका म्यानेजर योर्गन क्लपले नयाँ इतिहास रचेका छन् । क्लप प्रिमियर लिगमा लिपरपुलका लागि सबैभन्दा धेरै जीत हासिल गर्ने म्यानेजर बनेका हुन् ।

प्रिमियर लिगमा लिभरपुलका लागि १२७ औँ जीत थियो । उनले योसँगै राफायल बेनिटेजले बनाएको १२६ जीतको रेकर्ड उछिनेका छन् । बेनिटेजले यो उपलब्धी २२८ लिग खेलमा हासिल गरेका हुन् भने क्लपले आफ्नो कीर्तिमानका लागि १९६ खेल मात्र खेले ।

रोबर्टो फर्मिन्हो र मोहम्मद शलाहको दुई–दुई तथा ताकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनको एक–एक गोल गरेपछि लिभरपुल क्रिसमसमा लिगको शीर्ष स्थानमा रहने भएको छ ।

रोचक कुरा, लिभरपुलको हरेक गोलमा फरक–फरक खेलाडीले गोलको अवसर सिर्जना गरे । प्रिमियर लिगमा यस्तो पहिलो पटक भएको हो ।