८ बैशाख २०८१, शनिबार
Follow Us

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधि सुमी र विजुलाई

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ०३:४५

काठमाडौं । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जित्नुभएको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पार्नु भएको हो ।

उपाधीसँगै उनीहरुले २० लाख पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत पाएका छन् । विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गर्नु भएको थियो ।

फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरेका छन्, भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बनेका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो । शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो ।

१२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।