१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले सुदुर पश्चिममा ‘मोबाइल ब्लड बस’ सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
५ पुष २०७७, आईतवार २१:००

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुर पश्चिम प्रदेशका मोबाइल ब्लड बस सहयोग गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समितिको आइतवार सम्पन्न पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
यस अभियानका लागि नेपाल रेडक्रस सोसाइटी कैलाली, धनगढी उपमहानगरपालिका, सुदुर पश्चिम सरकार, सुदुर पश्चिमका परोपकारी संघ संस्थाहरु, समाजसेवीहरुको सकृयता रहने छ ।
सो अभियानमा सुदुर पश्चिम नेपाली समाजको सक्रिय सहभागिता र सहयोग सदा झै रहने थापाले जानकारी दिनु भयो ।

संघले गतसाता घुम्ती रगत संकलन बस भरतपुर उपमहानगरपालिका मार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरेको थियो ।