१३ बैशाख २०८१, बिहीबार
Follow Us

कैदी वन्दी महिलाका लागि क्रिष्टल

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार ०३:१५

चितवन । महिलावर्ग जाहे रहे पनि आत्मनिर्भर बन्ने प्रयासमा लाग्न सांसद गीता वाग्लेले आग्रह गर्नु भएको छ । आइतवार रोटरी क्लव अफ चितवन र रोटरी स्पाउस क्लव अफ चितवनको सयुक्त आयोजनामा भएको जिल्ला कारागार भरतपुर हुने ५ दिने क्रिष्टल गहना बनाउने तालिमको उद्घाटन गर्दै सांसद वाग्लेले यस्तो बताउनु भएको हो । उहाँले रत्नाकर डाकु पनि वाल्मीकी जस्तो प्रकाण्ड विद्धान बन्न सकेको उदारण दिदै गल्ती ाबाट सिक्नु पर्ने बताउनु भयो । उहाँले कैदीवन्दी महिलालाई जेलमा देख्नपर्दा नरमाइलो लागेको भन्दै सकारात्मक सोच राखेर अगाडि बढ्नु सुझाप दिनु भयो । कारागारका जेलर कमल प्रसाद काप्रलेले महिला कैदि वन्दीका लागि आयआर्जनका तालिम आवश्यक रहेको बताउनु भयो । जेलर काफ्लेले तालिमको साथ साथै बजारीकरणमा को लागि पहल हुनु पर्र्ने सुझाप दिनुभयो । सो सन्र्दभमा जेलर काफ्ललेले पुरुष कैदि वन्दी का लागि जस्तो महिलाका लागि कारागारमा तालिमहरु सञ्चालनमा ठाउँ लगायतको समस्या परेको बताउनु भयो । समयको माग अनुसारका तालिमहरु सिक्न सिकाउुनपर्र्ने तालिमकी प्रशिक्षक कमला सुवेदीले बताउनु भयो । महिला वर्ग शिप क्षमता भयो भने हिसां पनि कम हुने उहाँले औल्याउनु भयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष चन्द्धमान श्रेष्ठले रोटरी का र रोटरी स्पाउस क्लव अफ चितवनकी अध्यक्ष योगीता पीयाको अध्यक्षताम सम्पन कार्यक्रममा रोटरीयने कविता चुके , शरद गोपाल न्यौछे लगायतले कार्यक्रमको उदेश्य माथि प्रकास पार्नु भएको थियो ।
कार्यक्रमा समाजसेवी रोटरियनहरु उत्तमलाल चुके , श्रीभक्तअच्युत वाग्ले ,निरन्जन प्रधान , निरज खनाल , रोशन पिया योगमाया श्रेष्ठ लगायत महिला कैदी वन्दीको उपस्थिती रहेको थियो । दुई नाहाबालक सहित चितवन जिलला कारागारमा हाल ५३ जना महिला बन्दि सहित ५ सय ८५ जना कैदि बन्दि रहेको कारागारले जनाएको छ ।
– सृजना अर्याल