१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली टिभी यूकेको क्रिस्मस भेटघाट

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार ०८:४१

लन्डन । बेलायतबाट सञ्चालित नेपाली टिभी यूकेले क्रिस्मस भेटघाटको कार्यक्रम गरेको छ । गत विहीवार पट्नीस्थित मुनाल रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सहभागी पत्रकार तथा संचारकर्मीलाई नेपाली टिभीका निर्देशक विजय थापाले स्वागत गरे । कार्यक्रममा समाजसेवी ध्रुव केसीले नेपाली टिभी स्थापनाकालको स्मरण गर्दै आगामी दिनमा अझै परस्कृत हुदै जानुपर्नेमा जोड दिए ।

नेपाली टिभीका निर्देशक कमल भण्डारीले नेपाली टेलिभिजनको स्थायित्वका लागि बेलायतमा कार्यरत संचारककर्मीको भूमिका महत्वपूर्णका रहेको चर्चा गरे । कार्यक्रममा अर्का निर्देशक मोहन गुरुङले स्थापनाकालमा टेभीले ठूला चुनौति समाना गरेको स्मरण गरे । उनले टिभी सञ्चालनका लागि अवश्यक पर्ने सहयोगका लागि आफु तयार रहेको जनाकारी दिए ।
कार्यक्रममा टुरिजम बोर्डको लागि बेलायतका प्रतिनिधि पशुपति भण्डारीले सञ्चार जगतले नेपालको पर्यटन प्रवद्र्धनका लागि ठूलो भूमिका खेलेको भन्दै प्रसंशा गरे । कार्यक्रमका गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले टेलिभिजनले ब्यवसायिक रुपमा सफलता प्राप्त गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली टिभीको गतिविधिका बारेमा सिद्ध शाक्य, दिपा थापालगायतले जानकारी गराए । कार्यक्रममा सञ्चारकर्मी चिरन शर्मा, संगीता मरहट्ठा, एभरेष्ट गौतम, नवीन पोखरेललगायतले आ–आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा पत्रकार दिनेश परियार, विरेन्द्र श्रेष्ठ, हरी थापा लगायतको उपस्थिती थियो ।