७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति युरोपको दोस्रो महाधिवेसन सफल पारौं: जानकी गुरुङ्ग

नेपालब्रिटेन डट कम्
८ पुष २०७७, बुधबार ०१:०५

लण्डन । कांग्रेस नेतृ जानकी गुरुङ्गले नेपाली कांग्रेस युरोप जनसम्पर्क समितिको दोस्रो अधिवेसन सफल पार्न आब्हान गरेकी छन् ।
नेपाली काँग्रेस जनसंपर्क समन्वय समितिको समन्वय तथा अनुगमन समितिकी संयोजक समेत रहेकी गुरुङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै संस्थाभित्रका फरक मतलाई अधिवेसनको बन्दसत्रमा घनिभुत छलफल गरेर अगाडि बढ्न आग्रह गरेकी छन् ।
समितिको दोस्रो महाधिवेसन २८ डिसेम्बरमा हुदैछ । सो अधिवेसनलाई पार्टी सभापति शेर बहादुर देउवा लगायतले सम्वोधन गर्ने कार्यक्रमतय भएको छ ।


गुरुङ्गद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

समझदारी तथा आम सहमतिको लागि अनुरोध
नेपाली काँग्रेसका नेतृ सुजता कोइरालाको उपस्थितीमा समितिको पहिलो बर्लिन भेलाले २००७ मा नेपाली जनसम्पर्क समिति युरोपको स्थापना गरेको थियो । सन् २००९, अगष्टमा वर्तमान सभापति तथा तत्कालिन बरिष्ठ नेता शेर बहादुर देउवाद्धारा प्रोतुगलको राजधानी लिस्वनमा उद्धघाटन भै नेपाली काँग्रेस जनसंपर्क समिति युरोपको प्रथम अधिवेसन संपन्न भएको थियो । यस समितिको आगामी २८ डिसेम्बर २०२० मा हुन गै रहेको अधिवेसनमा समन्वय तथा अनुगमन समितिको संयोजकको जिम्मा दिनु भएकोमा म लगायत मेरो सम्पुर्ण टिमको तर्फबाट हार्दिक धन्यबाद दिन चाहान्छु ।

युरोप क्षेत्रका हामी लोकतन्त्रवादीहरु विच केहि मतमतान्तरहरु रहेका छन् । मतान्तरहरुलाई रुपान्तरण गरि मजबुत शक्ति निमार्ण गर्नको लागि नेपालको परिवर्तित राजनैतिक अवस्था र युरोपेली क्षेत्रमा विभिन्न समयमा हुने परिघटनाहरुका कारण अव ढिला गर्न नहुने सवैलाई महसुस भै रहेको छ ।

यस अवधिमा, धेरै औपचारिक तथा अनौपचारिक प्रयासहरु भएका छन् । यस समितिको आवश्यकता हामी सवैले महसुस गरेको विषय हो । यस समितिलाई सवै लोकतन्त्रवादीहरुको शसक्त्त समिति बनाउनको निमित्त केहि योजना, रणनिति तथा विमतिहरु केहि भए योजना सहित छलफलमा आउन म सवैलाई हार्दिक अनुरोध गर्दछु ।

हामी सवैको भावानाहरु तथा एजेण्डाहरुलाई कसरि अधिकतः रुपमा संवोधन गर्न सकिन्छ भन्ने बारेमा नेपाली काँग्रेस केन्द्रिय सभापति तथा अन्य पदाधिकारीहरु संग पनि छलफल भै रहेको र केन्द्रिय समितिबाट सवै अटाउने खालको संवोधन आउने कुरामा पनि हामी आशावादी छौं ।

समिति विधि तथा प्रकृयालाई आगामी दिनमा अझै प्रभावकारी र परिस्कृत बनाउँदै हातेमालो गर्दै बढ्ने नै छ । तर अहिले अगाडि बढ्नको लागि एक मात्र विकल्प अधिवेसन हो भन्ने विश्वास गरेका छौं । हामी विचको फरक मतलाई अधिवेसनको बन्दसत्रमा घनिभुत छलफल गरेर अगाडि बढ्नको लागि म समन्वय तथा अनुगमन समितिको तर्फबाट युरोप क्षेत्रमा रहेका सवै काँगेसजनहरुलाई हार्दिक अनुरोध गर्दछु ।

जानकी गुरुगं
संयोजक
समन्वय तथा अनुगमन समिति
नेपाली काँग्रेस जनसंपर्क समन्वय समिति युरोप
मिति २२ डिसेम्बर २०२०