March 5, 2021
9:19 AM | 3:04 PM
खेल

मेस्सीले भंग गरे पेलेको एकै क्लबबाट धेरै गोलको कीर्तिमान

  23/12/2020 मा प्रकाशित

लन्डन । लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोनाले रियल भालाडोलिड तीन शुन्यले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे ।

मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

बार्सिलोनाका लागि थप गोल क्लेमेन्ट लिन्गलेट र मार्टिन ब्रेथवेटले गरे । जितसँगै बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको एथ्लेटिको मड्रिडले भने रियल सोसिडाडलाई दुई–शुन्यले हराउदै तीन अंकको अग्रता बनाएको छ ।

एथ्लेटिकोका लागि हेर्मोसो, लोरेन्टोले एक –एक गोल गरे । शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई एक–शुन्यले पराजित गरेको छ । हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले एक–एक एवम् इल्चे र ओसासुनाले दुई–दुई गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया