१५ चैत्र २०८०, बिहीबार
Follow Us

पौडेल र श्रेष्ठबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार ०८:४५

भक्तपुर । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ । आज भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको छ ।
भेटपछि कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफल केन्द्रित भएको बताउनुभयो ।
भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिनुभयो । सभामुख ओनसरी घर्तीले सहमतिका लागि आज सात प्रमुख दलको संयुक्त बैठक आह्वान गरेको सङ्घारमा तीन नेताबीच भेटवार्ता भएको हो ।