१३ बैशाख २०८१, बिहीबार
Follow Us

सभामुख घर्तीद्वारा शीर्ष नेताहरुको बैठक आह्वान

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार ०८:५१

काठमाडौं । संसदको गतिरोध अन्त्य र राजनीतिक दलबीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन । संसद् भवन नयाँबानेश्वरमा आज दिउँसोका बस्ने बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत पनि बोलाइएको छ । संविधान संशोधनका विषयलाई लिएर निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न नसकेकाले सहमति प्रयासका लागि बैठक बोलाइएको हो । सरकारले सदनमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाएपछि एमालेले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ । एमाले लगायतका दलका अवरोधका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेका छैनन । स्थानीय निकायको निर्वाचनका लागि सरकारले प्रस्तुत गरेका विधेयक अगाडि बढन सकेको छैन ।