१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति युरोपको दोस्रो अधिवेशन स्थगित (पत्र सहित)

नेपालब्रिटेन डट कम्
९ पुष २०७७, बिहीबार २०:४०

लण्डन । नेपाली कांग्रेसले जनसम्पर्क समिति युरोपको दोस्रो महाधिवेसन स्थगित गरेको छ ।

पार्टीले विहीवार जनसम्पर्क समितिका सभापति दिल गुरुङ्गलाई एक पत्र लेख्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हाललाई सो अधिवेशन स्थगन गरेको हो ।
समितिको दोस्रो अधिवेशन २८ डिसेम्वरका लागि तय भएको थियो । समितिका महामन्त्री गंगाधार गौतमले पार्टीको निर्णय अनुसार भोलि बस्ने बैठकले सो अधिवेशन स्थगित गर्ने जानकारी नेपालब्रिटेन डट कमलाई दिए ।

उनले अधिवेशनको तयारीका लागि जुटेका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिए ।

महाधिवेशनको अर्को मिति पार्टीसंग छलफल गरेर तय गरिने गौतमले जनाए ।