८ बैशाख २०८१, शनिबार
Follow Us

नर्वे कांग्रेसको सभापतिमा शाही

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार ०९:११

लन्डन । नेपाली जनसम्पर्क समिति नर्वेको दोश्रो अधिवेसनले जितेन्द्रबिक्रम शाहीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।
शनिवार ओस्लोमा सम्पन्न सो अधिवेसनले २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुदिपराज पाण्डे, उपाध्यक्षमा केशव पुरी, नारायणसिंह थापा र बिष्णु सापकोटा, महामन्त्रीमा कबिन्द्र ढकाल, सहमहामन्त्रीमा सुर्यप्रसाद सुबेदी, बिष्णु गौतम, नबराज अधिकारी र देबेन्द्र केसी, कोषाध्यक्षमा कोपीला गिरी र सहकोषाध्यक्षमा राजन गौचन चयन भए ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले गरेका थिए ।