१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रिमियर लिगः आर्सनलद्वारा चेल्सी पराजित

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७७, आईतवार ०३:२४

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको लण्डन डर्बीमा आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट, ग्रानिट झाका र बकायो साकाले एक एक गोल गरे ।

पराजित टोली चेल्सीका ट्यामी अब्राहमले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई २–० ले हराउँदा एभर्टनले शेफिल्ड युनाईटेडमाथि १–० को जित निकालेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेडले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरी एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदा फुल्हम र साउथयाम्पटनले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको एभर्टन २९ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको २८ अंक छ ।

प्रिमियर लिग फुटबलमा आज लिभरपुलले वेष्ट ब्रोमसँग खेल्दा लिड्स युनाईटेड र बर्न्ले तथा वेष्ट ह्याम युनाईटेड र ब्राइटन भिड्नेछन् ।