१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको ज्यान गयो

नेपालब्रिटेन डट कम्
१२ पुष २०७७, आईतवार ०३:२६

गुल्मीमा गएराती ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिएको थियो ।

दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।