६ बैशाख २०८१, बिहीबार
Follow Us

मेडिकल अधिकृत पटेलविरुद्ध आरोपपत्र

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार १३:०८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएका भनिएका मेडिकल अधिकृत पन्नालालप्रसाद पटेलविरुद्ध आरोपपत्र दायर गरेको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा कार्यरत पटेलका सम्बन्धमा छानबिन गर्दा निजले आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलबाट सदस्यतासमेत प्राप्त गरी जागिर खाएको देखिएको आयोगको जिकिर छ । ‘निजको प्रमाणपत्र छानबिन गर्दा झुठा देखिएकाले’ आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।