१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा ओली पक्ष नेकपाको भेला सम्पन्न

नेपालब्रिटेन डट कम्
१२ पुष २०७७, आईतवार ०४:५४

लण्डन । नेकपाको बिभाजन पछि बेलायतस्थित नेकपा समर्थक नेता तथा कार्यकर्ताहरु समेत बिभाजित भएका छन् ।

नेपालको राजनीतिमा देखा परेको परिघट्नाको बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित कार्यकर्ताहरुको भेला आइतवार सम्पन्न भएको नेकपा बेलायतका नेता भक्त गुरुङ्गले जानकारी दिए ।

भर्रचुअल माध्यबाट सम्पन्न भेलालाई नेकपाका महासचिव तथा अर्थमन्त्री कमरेड विष्णुप्रसाद पौडेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मंचका पूर्वअध्यक्षहरु आङकलजंग लामा, दिनेश घिमिरे, रामशरण सिंखडा, सुरेन्द्र थपलिया र तुंगभद्र भुषाल, कृष्ण भट्टराईको उपस्थिती थियो ।

१५० जना सदस्यहरुको उपस्थिती रहेको भेलाले नेपालमा बाध्यात्मक परिस्थितिमा आईपरेको आमनिर्वाचनमा सहभागी हुन आम नेपाली जनसमुदायलाई अपील गरेको छ ।

भेलाले नेकपाभित्रको फुटको अवस्थामा पार्टीका आम नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई कुनै अलमलमा नपरी नेपालको स्थायी शान्ति, समृद्धि र बिकासको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपामा गोलबन्द भई अघि बढ्न आव्हान गरेको छ ।

बेलायतमा अधिकांस पुर्व एमालेहरु ओली पक्षमा लागेका छन् भने  यस्तै पूर्व माओवादी समर्थक केही नेता तथा कार्यकर्ता समेत ओली समूहमा लागेका छन् ।