११ बैशाख २०८१, मंगलवार
Follow Us

राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई सम्मान

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार १३:२५

लन्डन । तमुप्ये ल्हु संघ युकेले बेलायतको लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा पुनम राज्यलक्ष्मी सुवेदीलाई एक विशेष कार्यक्रम आयोजना गरी शिष्टाचार भेटघाटसहित स्वागत तथा सम्मान गरेको छ । गत १९ डिसेम्बर २०१६, सोमबारको दिनमा गोल्डेन सिप रेष्टुरेण्ट, हेरो, लण्डनमा आयोजना गरेको उक्त सिष्टाचार भेटघाट तथा स्वागत कार्यक्रममा रात्रिभोजको समेत व्यवस्था गरिएको थियो ।
नेपाली राजदूतावास र तमुप्ये ल्हु संघ युकेको गहिरो सम्बन्धलाई अझ प्रगाढ बनाउदै लैजान र राजदूत डा सुवेदी र संघका पदाधिकारीबीच परिचय गराउन आयोजना गरिएको कार्यक्रममा संघको अध्यक्ष सोम त्होर्जे तमुको सभापतित्वमा छोटो औपचारिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा संघको परिचय तथा औचित्यको बारेमा, बेलायतमा रहेका गोर्खा लगायत नेपाली समुदायको वर्तमानअवस्था र तमुप्ये ल्हु संघ युकेले गरेको कार्यको बारेमा, तमुजातिको प्येताँल्हुताँ र ऐतिहासिक पृष्ठभूमिको बारेमा र सामुदायिक भवन तथा क्होँईवोँ निर्माण योजनाको बारेमा संघको सचिव भेग च्हाक्ली तमु, पूर्व सल्लाहकार डा. चन्द्र बहादुर प्ल्होने–लेम तमु, प्राध्यापक नारायण ल्हेँगे तमु र प्रमुख सल्लाहकार तथा निर्माण समितिका संयोजक क्या. डेमबहादुर योज तमुले क्रमशः राजदूतलाई अवगत गराउनुभएको थियो ।
कार्यक्रममा राजदूत डा. सुवेदी र पुनम राज्यलक्ष्मी सुवेदीलाई संघका अध्यक्ष सोम त्होर्जे तमु र वहाँकी वविता प्हच्युतमुले क्रमशःक्रेगी, भाङ्ग्रा र क्रमुओढाई पुष्पागुच्छाले स्वागततथा सम्मान गरेका थिए । सम्मानपश्चात छोटो मन्तव्य राख्दै महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले संघले ल्याएको निर्माण योजनातथा महत्वपूर्ण कार्यहरुमाआफ्नो स्थानबाट हुनु पर्ने र हुन सक्ने सबैखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्तगर्नु भयो । तमुप्ये ल्हु संघले गरेको सम्मानको प्रशंसा गर्दै संघसँग हातमाहातकाँधमाकाँधमिलाउदै जानेरसधैँ मायापाईरहने अपेक्षा सहितदूतावासको तर्फबाट पनि सदा माया र सदभाव बाँडिरहने बताउनुभयो ।
गत सेप्टेम्बर महिनादेखि बेलायतीमहारानी समक्षनेपाली राजदूतको ओहदाको प्रमाण पत्रबुझाएर जिम्मेवारी सम्हाल्नुभएको महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले आफ्नो जिम्मेवारीप्रति सदा समर्पित भई कामगर्ने र नेपालीहरुको सेवाको लागिदूतावासको कार्यलय समय लगायत विभिन्न कामहरुमा नयाँ व्यवस्थापन शुरु गरिसकेको जानकारी सहितआगामी २०१७ सालमा नेपाल र बेलायतबीचको सम्बन्धको २०० बर्ष पुरा भएको अवसरमा सप्ताहव्यापी महोत्सवगर्ने तयारी गरिरहेको र उक्तमहोत्सवमा सबैले सहयोग गरिदिनुहुन समेत आग्रहगर्नु भयो ।
बेलायतप्रति नेपाली गोर्खाहरुले गरेको त्याग र बलिदानले स्थापना गरेको दुई देशबीचको सम्बन्धमनाउनेतयारी गरिरहँदागोर्खा यानेकी बेलायती सेनाका नेपालीगोर्खाहरुको स्वाभिमानको सम्मानार्थ दूतावासको सभाहलमा भिक्टोरिया क्रस प्राप्त १३ जनागोर्खाभिसिहरुको फोटो राख्ने समेत जानकारी गराउनुभएको थियो भने सभापतिको आसनबाट अध्यक्ष सोम त्होर्जे तमुले नवनियुक्तमहामहिम राजदूतले शुरु गर्नु भएको कदम र प्रतिबद्धताहरुको स्वागतगर्दै तमुप्ये ल्हु संघ युकेले दूतावाससँग नजिक रहेर सदा सहकार्य गर्दै जाने र दूतावासले आयोजनागर्न गईरहेको महोत्सवमा संघले पूर्ण रुपमा सहयोग गर्ने र सहभागिताजनाउने बचनबद्धता गर्नुभयो । यसैगरि कार्यक्रमको लागि समय दिनुभएकोमादूतावास महामहिम राजदूत डा दुर्गा बहादुर सुवेदीप्रतिहार्दिक कृतज्ञता प्रकट गर्नुका साथै कार्यक्रममाउपस्थित सबैलाई धन्यवादव्यक्तगर्नुभयो ।
आगामी ३० डिसेम्बरमा हेरो लेजर सेन्टर हेरोमा सम्पन्नहुनगईरहेको तमुमहानपर्व च्ह्य–ल्होसार महोत्सवमाप्रमुखअतिथिको रुपमाउपस्थितहुन संघले गरेको निमन्त्रणालाई स्विकार्दै नेपाली राष्ट्रिय पर्वको रुपमामानिने ल्होसार महोत्सवमापुनः भेट्ने बाचागर्नु भएको महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले यसभन्दा अगाडी नेपाली राजदूतावास रंगुनबर्मामा द्धितिय सचिव, नेपाल स्थाई न्यूयोर्कको प्रथम सचिव, नेपाली राजदूतावास टोकियो जापनमा डेपुटी चिफअफमिसन र नेपाली राजदूतावास बहराईनमाकार्यवाहक राजदूतको रुपमाकामगरिसक्नुभएको छ भने गत सेप्टेम्बर ६, २०१६ देखि बेलायतको लागि नेपाली राजदूतभई बेलायतआउनुभएको हो ।
संघको कार्यसमितिकापदाधिकारी, सल्लाहकार, खेगी समितिआमा समिति, युवा समितिलगायतआजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको उक्तकार्यक्रममा रात्रिभोज पश्चात सामूहिकतस्विर समेत खिचिएको थियो ।