१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्रीको कदम असंबैधानिक: प्रवासी नेपाली मंच युके

नेपालब्रिटेन डट कम्
१२ पुष २०७७, आईतवार २०:३७

लण्डन । बेलायतस्थित नेकपाको भातृसंस्था प्रवासी नेपाली मंचले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नु असंबैधानिक भएको ठहर गरेको छ ।
मंचका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले ओलीले पार्टी विधि र बिधान समेत मिचेको आरोप लगाएको छ । बैठकमा कार्यसमिति सदस्यहरु सरस्वती केसी र हेम लिम्बुले प्रधानमन्त्रीको कदमको स्वागत गरेका थिए । बैठकले पार्टी बिभाजन हुने तहमा पुगेको वर्तमान परिस्थितीमा पार्टीका नेता र आफ्ना सहकर्मीलाई अशोभनीय र गैह्र राजनीतिक टिप्पणीहरु नगर्न समेत आग्रह गरेको अध्यक्ष पुडासैनी र सचिव सुरेश गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवासी नेपाली मंचद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

आज मिति २७ डिसेम्बर २०२० का दिन प्रबासी नेपाली एकता मंच यु के को रास्ट्रिय कार्यसमितिको अनलाईन बैठक कमिटिका सचिब सुरेश गौतमको संचालनमा कमिटिका अध्यक्ष कमरेड राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न भयो। वर्तमान गम्भीर राजनीतिक परिस्थीतिका बीच भएको आजको बैठकले विभिन्न समसामयिक बिषयहरूमा छलफल गरि निम्न बनोजिम निर्णयहरु गरेको छ।

१. सरकारको नीति तथा कार्यक्रम र बजेट पास हुन अबरोध नभएको साथै सरकार सञ्चालनमा पार्टीले कुनै अवरोध नगरेको अवस्थामा अवरोध भयो भन्दै प्रधानमंत्री कमरेड के पी शर्मा ओली ले प्रतिनधिसभा विघटन गर्नु गलत भएको कुरा यस बैठक ले ठहर गरेको छ । संवैधानिक व्यवस्थाविपरीत भंग गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधान माथि नै प्रस्न उठ्ने भएकोले प्रधानमन्त्री ओलीले विधि, विधान पार्टी निर्णय केही पनि नमानेको र संविधानसमेत मिच्दै अगाडि बढेको अवस्थामा अब पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आ-आफ्नो ठाउँ बाट दृदाता पुर्बक उभिनको लागी आब्हान गर्ने निर्णय गरियो।

यस निर्णयमा यस कमिटि का सदस्यहरु कमरेड सरस्वति के सी र कमरेड हेम लिम्बुले असहमति ब्यक्त गर्नु भयो भने कमरेड बिमल सेने र कमरेड विजय बिक्रम लिंगदेनले सर्बोच्च अदालत को फैसला नआउदा सम्म यस बिसयमा मौन बस्ने विचार ब्यक्त गर्नु भयो।

२. पार्टी बिभाजन हुने तहमा पुगेको वर्तमान परिस्थितीमा पार्टी का नेता र आफ्ना सहकर्मी साथीहरूलाई लाई अशोभनीय र गैह्र राजनीतिक टिप्पणी हरु नगर्न समते सचेत गर्ने निर्णय गरियो। पार्टी अनुसासन बिपरित जाने सदस्यहरुलाई सचेत गराउदै आबस्यक परे कारबाही समेत गर्ने निर्णय गरियो ।

३. वर्तमान परिस्थितिको बारेमा स्वतन्त्र र नागरिक समाज का व्यक्तिहरु संग अन्तरक्रिया गर्ने समेत निर्णय गरियो।

आजको बैठकमा उपस्थित हुने कमरेड हरू:
राजेन्द्र पुडासैनी -अध्यक्ष
सुरेश गौतम- सचिव
रबिन्द्र कणेल – सदस्य
कुमार केसी – सदस्य
मान बहादुर गुरूंग – सदस्य
उमेश राज मोक्तान – सदस्य
ठाकुर प्रसाद शर्मा – सदस्य
सरस्वती केसी – सदस्य
बिजय बिक्रम लिंगदेन- सदस्य
शेरसिंह ठकुरी- सदस्य
कृष्ण भण्डारी- सदस्य
शुरेशजंग शाह – सदस्य
कपिल श्रेष्ठ- सदस्य
सुशिला राई – सदस्य
पार्वती पाण्डे – सदस्य
बिमला सेने- सदस्य
मिनु श्रेष्ठ- सदस्य
अरुण थापा- सदस्य
कृष्ण तिवारी – सदस्य
हरिकृष्ण पौडेल – सदस्य
राममणी रिजाल- सदस्य
पदम राई – सदस्य
जोनी पहारी – सदस्य
हेम लिम्बु- सदस्य
राजन अर्याल – सदस्य

आजको बैठकमा अनुपस्थित कमरेडहरू:

रामजी बराल – सदस्य
दासुराम पाण्डे – सदस्य
धन बहादुर क्षेत्री – सदस्य
फुल प्रसाद कडेल- सदस्य
नरेन्द्र कडेल- सदस्य

हाल सम्मका कुनै पनि बैठकमा अनुपस्थित कमरेडहरू:
रूद्र गैरे- सदस्य
श्याम सेरचन -सदस्य
महेन्द्र कडेल- सदस्य

हार्दिक अभिवादन सहित,
राजेन्द्र पुडासैनी
अध्यक्ष

सुरेश गौतम
सचिब